Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सौराहामा अन्तर्राष्ट्रिय भैंसीविज्ञ सम्मेलन सुरु


0
Shares

सम्मेलनको बुधबार कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा.आइपी ढकालले उद्घाटन गर्दै नेपालका रैथाने भैंसीको संरक्षण र नयाँ प्रजातिको विकासका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

नेपाललाई दूधमा आत्मनिर्भर बनाउन भैंसीपालनलाई व्यावसायिक बनाउनुपर्ने बेला आएको उनको भनाइ थियो ।

यस्तै, कार्यक्रममा इन्टरनेसन बफेलो फेडेरेसनका अध्यक्ष प्राध्यापक डा. ऐनतेनियो बर्गिजले एसियाका अरु देशमा यस्ता कार्यक्रमहरु हुँदा पनि नेपालमा हुन नसकेको तर यो सम्मेलन राम्रो सुरुआत भएको बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा नेपालमै पहिलोपटक सुरु भएको सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, फिलिपिन्स, अमेरिका र क्यानडाका गरी झन्डै ५५ जना विदेशीसहित २०० जना प्रतिनिधिको सहभागिता रहेको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा इन्टरनेसन बफेलो फेडेरेसनका अध्यक्ष प्राध्यापक डा. ऐनतेनियो बर्गिज र युनिभर्सिटी अफ भेटेनरी एन्ड एनिमल साइन्स लाहोर पाकिस्तानका प्रोभाइस चान्सलर नसिम अहमदको विशेष कार्यपत्र प्रस्तुत् हुने आयोजकले जनाएको छ ।