अघिल्लो दिन सबै समूहमा सुधार भएर २५ अंकले उकालो लागेको बजारमा यसदिन गिरावट आयो ।
उतार–चढावबीच यसदिन बजार परिसूचक नेप्से ११ अंकले ओरालो लागेर १५ सय ४ कायम हुन आएको हो । कारोबार भएकामध्ये बढीजसो समूह ओरालो लागेसँगै नेप्से झरेको हो ।
उत्पादनमूलक, होटल र अन्यबाहेक अरु समूह ऋणात्मक रहेका हुन् । बिमा समूहमा सबैभन्दा उच्च १ सय ३ अंकको गिरावट आयो । जलविद्युत् समूह ४६ अंक र लघुवित्त समूह १८ अंकले ओरालो लागे । विकास बैंक र वित्त समूह पनि दोहोरो अंकले झर्दा वाणिज्य बैंक र व्यापार समूह सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका ११ लाख ७७ हजार कित्ता सेयर ६० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्