बुधबार राजधानीमा गरिएको अवार्ड समारोहमा ५ विधामा ११ ओटा ठूला व्यापारिक संस्थालाई अवार्ड प्रदान गरिएको हो ।
सर्टिफिकेट अफ मेरिटमा अल्फा बेटा इन्सिच्युट प्रालि, चन्द्रागिरि हिल्स प्रालि, एनआईबीएल क्यापिटल मार्केट लिमिटेड, एनएमबि बैंक लिमिटेड र टेलिटल्क प्रालिले अवार्ड प्राप्त गरेका छन् ।
सिल्वर अवार्डअन्तर्गतको म्यानुफ्याक्चरिङ सेक्टरअन्तर्गत् सिजी ब्रुअरी नेपाल प्रालि र घोराही सिमेन्ट उद्योग प्रालिलाई अवार्ड प्रदान गरिएको छ ।
गोल्ड अवार्डको म्यानुफ्याक्चरिङ सेक्टरमा भने विजय डिस्ट्रिलरी प्रालि र मेगा बैंक नेपाल लिमिटेडले अवार्ड पाएका छन् ।
सुपर प्लाटिनम अवार्ड फस्ट रनरअपको विधामा नेपाल एसबिआई बैंक लिमिटेडले अवार्ड पाएको छ ।
सुपर प्लाटिनम अवार्ड भने सिप्रदी ट्रेडिङ प्रालिले प्राप्त गरेको छ ।









प्रतिक्रिया दिनुहोस्