यो कार्ड नेपालसहित विश्वका १६ राष्ट्रमा एकैपटक औपचारिक प्रयोग सुरु गरिएकोे जनाइएको छ ।
सेञ्चुरी बैंकका फोरेक्स कार्ड प्रयोगकर्ताले १६ राष्ट्रको मुद्रा एउटै कार्डमा बोकेर लैजानसक्ने बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले जानकारी दिए ।
फोरेक्स कार्डले अमेरिकी डलर सटही गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा नगद चोरी जोखिमलाई न्यूनीकरण गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
एक्सिस बैंकको सहकार्यमा सेञ्चुरी बैंकले बुधबारबाट इन्डो–नेपाल इजि रेमिट सेवा पनि सुरु गरेको छ ।
भारतमा रहेका नेपालीहरुले एक्सिस बैंकको ३ हजार ५०० शाखाबाट नेपालमा पैसा पठाउनसक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
बैंकले मोबाइल बैंकिङका लागि मोबाइल एप पनि सुरु गरेको जनाएको छ ।
एपको मद्दतले मोबाइलबाट ग्राहकले रकम भुक्तानी ट्रान्सफर एवं युटिलिटी बिलका साथै बैंकमा आवद्ध विभिन्न भेन्डरहरुको भुक्तानी गर्नसक्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्