Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने, धेरै नेपाली युवाले रोजगारी गुमाउने


0
Shares

आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निणैय त्यहाँको सरकारले गरेको हो ।

यो निर्णयबाट तुलनात्मक रुपमा आकर्षक तलव पाउने दक्ष नेपाली कामदारले रोजगार अवसर पाउने छैनन् । कार्यरत दक्ष कामदारले समेत रोजगार गुमाउने छन् ।

साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयका अनुसार एकाउन्टेन्ट, सेक्रेटरी, सेल्सम्यान, एडमिनिस्ट्रेटर, सेल्स म्यानेजर, सेल्स सुपरभाइजर, फाइनान्स म्यानेजर, चिफ एकाउन्टेन्ट, सिनियर एकाउन्टेन्ट, अफिस म्यानेजर, सेल्स एसिस्टेन्ट, एडमिनिस्ट्रेसन म्यानेजर, वेयर हाउस म्यानेजर, फोरकिल्प म्यानेजर, लजिस्टिक सुपरभाइजर र ह्युमन रिसोर्स म्यानेजरजस्ता ‘ह्वाइट कलर जब’ मा विदेशीलाई रोक लगाइएको छ ।

यसैगरी अफिस ब्याय, ड्राइभर, रिसेप्सनिस्टको पदमा विदेशी नागरिकलाई काममा लगाउन नपाउने नीति ल्याएको छ ।

साउदीमा झण्डै ५ लाख नेपाली कार्यरत छन् । जसको ३० प्रतिशत कामदार बजार, प्रशासनिक र प्राविधिक क्षेत्रमा कार्यरत रहेको अनुमान छ । –कान्तिपुर दैनिकबाट