Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


तेह्रथुममा दौड प्रतियोगिता हुने


0
Shares

जिल्ला खेलकुद विकास समितिले बिहीबार एक कार्यक्रम आयोजना गरी दौड प्रतियोगिता सन्चालन हुने तथा वर्षभरी गरेका गतिविधिहरु बारे जानकारी दिएको हो ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पाउने छन् । त्यस्तै। महिला खुलातर्फ प्रथमले १५ हजार, दोस्रोेले १० हजार र तस्रोेले ५ हजार नगद रुपैयाँ पाउने छन् ।

४४ वर्षमाथिका धावकहरु मध्ये प्रथमलाई नगद १५ हजार, दोस्रोेलाई १० हजार र तेस्रोलाई ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र दिइने अध्यक्ष केशव भट्टराईले बताए । दौडमा विभिन्न जिल्लाका १५० भन्दा बढी धावकहरुको सहभागीता हुने भएको छ ।