बिहीबार भएको खेलमा चर्च ब्वाइज क्लब काठमाडौंलाई ३–० ले हराउँदै आयोजक शिवसताक्षीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
शिवसताक्षीका लागि खेलको ५४औं मिनेटमा विमल घर्तीमगर, ६७औं मिनेटमा सुनिल बल र ७६औं मिनेटमा पुनः विमलले गोल गरी टोलीको स्पस्ट जित सुनिश्चित गरे ।
खेलको ‘म्यान अफ द म्याच’ शिवसताक्षीका विमल घर्तीमगर घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरियो ।
प्रतियोगिताअन्तर्गत् शुक्रबार मोरङ–११ र रुपन्देही–११ बीच खेल हुनेछ ।









प्रतिक्रिया दिनुहोस्