Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


सशस्त्रलाई हराउँदै आर्मी सताक्षी गोल्डकपको सेमिफाइनलमा


0
Shares

शनिबार भएको क्वार्टरफाइनल खेलमा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई ३–२ ले हरायो ।

खेलको २५औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै सशस्त्रलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको सात मिनेटपछि आर्मीका जर्जप्रिन्स कार्कीले गोल गर्दै खेललाई एक–एकको स्थितिमा पुर्‍याए ।

खेलको ३८औं मिनेटमा सशस्त्रका श्याम नेपालीले गोल गरेपछि सशस्त्रले २–१ को अग्रता बनायो । तर, ५५औं मिनेटमा सुमन आर्याल र ६६औं मिनेटमा दीप लामाले गोल गर्दै आर्मीलाई जिताए ।

खेलको ‘म्यान अफ द म्याच’ आर्मीका जर्जप्रिन्सले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सेमिफाइनलमा अब आर्मीको भिडन्त झापा–११ सँग हुनेछ । आर्मी ‘बाइ’ पाएर सोझै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

सशस्त्रले भारतको डायमन्ड फुटबल क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा ठाउँ बनाएको थियो ।

प्रतियोगिताअन्तर्गत् आइतबारको खेल मनाङ–मर्स्याङ्दी क्लब र रुपन्देही–११ बीच हुनेछ ।