३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


अमेरिकी ज्येष्ठ नागरिक ओभरटनको ११२ वर्षको उमेरमा निधन


0
Shares

काठमाडौं, पुस १३ । अमेरिकाका ज्येष्ठ नागरिक रिजर्ड ओभरटनको ११२ वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकी सेनाका वरिष्ठ अधिकृत रहिसकेका ओभरटनको शुक्रबार क्यानडामा निधन भएको हो ।

३० वर्षको उमेरमा अमेरिकी सेनामा प्रवेश गरेका ओभरटनले सन् १९४१ मा जापानले अमेरिकामा गरेको आक्रमणविरुद्ध महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् १९०६ मा जन्मिएका उनी अस्टिनमा बसोबास गर्दै आएका थिए ।

गत वर्षमात्रै १११औं जन्मदिन मनाएका ओभरटनलाई सन् २०१३ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘भेट्रान्स डे’मा सम्मान गरेका थिए । (एजेन्सी)