Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


पाकिस्तानलाई पन्छाउँदै एसीसी यु–१९ एसिया कप क्रिकेटको च्याम्पियन बन्यो अफगानिस्तान


0
Shares

आज सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई १८५ रनको विशाल अन्तरले पराजित गर्दै अफगानिस्तान च्याम्पियन बनेको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २४८ रनको योगफल खडा गरेको थियो । जवाफमा २४९ रनको लक्ष्य पछ्याएको पाकिस्तान २३ औ ओभरमा ६३ रन बनाउँदैै अलआउट भयो ।

सेमिफाइनलमा बंगलादेशलाई पाखा लगाउँदै पाकिस्तान फाइनल पुग्दा नेपालको चुनौती पन्छाउदै अफगानिस्तानले पाकिस्तानसँगको फाइनल भिडन्त पक्का गरेको थियो ।