आइतबार राती भएको फाइनलमा बेल्जियमका डेभिड गोफिनलाई हराउँदै दिमित्रोभले उपाधि जितेका हुन् ।
गोफिन विरुद्धको खेल दिमित्रोभले ७-५, ४-६ र ६-३ को सेटमा जिते ।
योसँगै छैटौं वरियताका दिमित्रोभ एटिपी फाइनल्सको डेब्यु प्रतियोगितामै उपाधि जित्ने पछिल्लो १९ वर्षयताका पहिलो खेलाडी बनेका छन् ।
यसपटक शीर्ष खेलाडीहरु एण्डी मरे र नोभाक जोकोभिचले चोटका काराण प्रतियोगिता गुमाएका थिए भने राफाईल नदालले पनि शारिरिक समस्याका कारण बिचमै प्रतियोगिता छाड्नुपरेको थियो ।
अर्का उपाधि दावेदार रोजर फेडेरर सेमिफाइनलमै पराजित भएका थिए ।









प्रतिक्रिया दिनुहोस्