Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


नवयुगको दुई गोल मद्दतमा झापालाई हराउँदै आर्मी फाइनलमा


0
Shares

सोमबार झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली झापा–११ लाई ३–० ले हराउँदै विभागीय टोली आर्मी फाइनलमा पुगेको हो ।

आर्मीको जितमा नवयुग श्रेष्ठले दुई तथा दीप लामाले एक गोल गरे । नवयुगले खेलको १३औं र २७औं तथा दीपले ७८औं मिनेटमा गोल गरेका थिए ।

घरेलु दर्शकको भरपुर समर्थन पाएको झापा आर्मीविरुद्ध खरो उत्रन सकेन ।

नवयुग खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई १० हजार रुपैयाँ प्रदान गरियो ।

प्रतियोगिताअन्तर्गत् मंगलबार हुने दोस्रो सेमिफाइनलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लब र मनाङ–मर्स्याङ्दी क्लब खेल्नेछन् ।