महिला ५७ केजी तौल समूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितेकी हुन् ।
टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की भने पदकविहीन रहे ।
महिला ४९ केजी तौल समूहको पहिलो खेलमै रेजिना क्यानडाकी खेलाडीसँग पराजित भइन् ।
यस्तै, ६२ केजीमुनि तौल समूहमा ज्ञानी क्वुबाकी खेलाडीसँग पहिलो खेलमै स्तब्ध भइन् ।
च्याम्पियनसिपमा करिब १ हजार १७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्