Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


नेपालले हङकङसँग पनि अंक बाँड्न बाध्य


0
Shares

सोमबारको खेल वर्षाले रद्द भएपछि आयोजक थाइल्यान्डसँग अंक बाँडेको नेपालले मंगलबार हङकङविरुद्धको खेल पनि वर्षाका कारण खेल्न पाएन ।

टस नै नगरी खेल स्थगित भएपछि नेपालले हङकङसँग पनि अंक बाँड्न बाध्य भयो । योसँगै नेपालले प्रतियोगिताको सुरुआती दुई खेलबाट २ अंकमात्रै पाएको छ ।

दुई खेलबाट ३ अंक जोडेको हङकङ अंकतालिकाको शीर्ष स्थानमा छ ।

एसिया क्षेत्रको विश्वकप छनोट प्रतियोगितामा नेपालले अब युएई, चीन र मलेसियासँग खेल्न बाँकी छ ।

६ राष्ट्र सम्मिलित प्रतियोगिता ‘राउन्ड रोबिन लिग’को आधारमा सन्चालन भइरहेको छ ।