
मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रक्रिया अघि बढाइने तयारी गरेको समाचारमा जनाइएको छ ।
आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लंघन भएको भन्दै सोही आरोपमा उनलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपतिबाट पदच्युत गरिन लागेको बताइएको छ ।
उनको आफ्नै राजनीतिक दलले राजिनामा दिन भन्दा पनि नमानेपछि सो महाभियोग प्रस्ताव मंगलवार नै संसद्मा पेश गर्ने तयारी गरिएको बताइएको छ ।
सत्तारुढ जानुपिएफ पार्टीले मुगाबेलाई सोमबारसम्ममा पदबाट राजीनामा दिन आदेश दिएको थियो । तर, सो समय सकिइसकेको छ, उनले राजिनामा दिएका छैनन् ।
सोही कारण नै उनलाई महाभियोग लगाउने तयारी गरिएको उक्त पार्टीका सदस्यहरुले नै जानकारी दिएका छन् । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस्