आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताका लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो ।
ट्रेनिङ सेन्टरका अध्यक्ष मीनबहादर बस्नेतले प्रतियोगितामा १० ओटा टिमको सहभागिता रहने जानकारी दिए ।
विजेताले ८ लाख १ हजार तथा उपविजेताले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताका लागि पाँच हजार दर्शक अट्ने गरी पारापिट बनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्