२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


इजिप्टमा ३ सय ६ जनाको मृत्यु हुने गरी गरिएको आक्रमणमा आइएसको हात


0
Shares

कुनै पनि संगठनले जिम्मेवारी नलिएको सो घटनाको पछाडि आर्ईएसको हात रहेको ठहर इजिप्ट सरकारले गरेको हो । इजिप्टको एक मस्जिदमा गराइएको आतंकवादी आक्रमणमा परी मारिनेको संख्या ३ सय ६ पुगेको छ ।

यसै घटनालाई लिएर इजिप्टमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । राष्ट्रपति अब्दुल फतह अल सिसीले भने साइनाइस्थित मस्जिदमा गरिएको आक्रमणको पूर्ण शक्तिका साथ बदला लिइने चेतावनी दिएका छन् ।

इजिप्टको आधुनिक इतिहासकै सबभन्दा नराम्रो आक्रमण भएको पनि उनले घटनामा संलग्न जो कोहीसँग पनि बदला लिने बताएका हुन् ।

चार वटा गाडीमा आएका हतियारधारीले नमाज पढिरहेका सर्वसाधारणमाथि गोली प्रहार गरेका थिए । सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई हटाएयता उक्त क्षेत्रमा आतंकवादी आक्रमण निकै बढेको छ ।(एजेन्सी)