Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सुनसरीमा आगलागी, २५ परिवारका घर जले


0
Shares

स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् ।

आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।

आगोलाई इनरुवा र इटहरीबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको स्थानीय सन्तोष यादवले जानकारी दिए ।

आगलागीलगत्तै राजपा नेपालका नेता तथा सो क्षेत्रका उम्मेदवार रामनारायण यादवले पीडित परिवारलाई राहत प्रदान गरेका थिए ।

यादवले प्रतिपरिवार एक बोरा भुजा, च्युरा, तरकारी, नून, भुजियालगायतका राहत सामग्री वितरण गर्नुभएको राजपाले जनाएको छ ।

यसैगरी वडा कार्यालयले साँझ प्रतिपरिवार एक बोराका दरले चामल, नून, तरकारी, एक बोरा भुजा, पाँच केजीका दरले च्युरा, एक लिटरका दरले खाने तेल, दुई केजी दाल, पाँच केजी आलुलगायतका राहत सामग्री वितरण गरेको वडा कार्यालयका रामचन्द्र यादवले जानकारी दिए । (रासस)