Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


धादिङमा मोटरसाइकल दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु


0
Shares

प्रहरीका अनुसार बा७९प ७२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २८ वर्षीय भुवन पाण्डे र पछाडी सवार ३० वर्षीय मित्र अधिकारी रहेका छन् ।

दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको अनुमान छ ।