उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक जसोले ऋणात्मक रही १५ सय १३ दशमबल साता चार कायम भएर थामियो । यस दिन बढीजसो समूह रातो रहे ।
जलविद्युत, अन्य र वित्त समूह सकारात्मक रहे भने अरु ऋणात्मक । होटल समूह सबैभन्दा उच्च ३५ अंकले ओरालो लाग्यो । बीमा समूह पनि ३२ अंकले झर्यो । अरु सामान्य अंकले रातो रहे । जलविद्युत समूह भने २४ अंकले उकालो लाग्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीको १३ लाख बराबर कित्ता शेयर ६७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्