एसियाली बिकास बैंकको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास परियोजनाअन्तर्गत महानगरभित्रका ७४ किलोमिटर सडक कालेपत्रेको काम सुरु भएको हो ।
पहिलो पल्ट नगर क्षेत्रका सडकहरु ४० एम.एम.एस फाल कंक्रिट प्रयोगबाट निर्माण गर्न लागिएको हो ।
विराटनगर–४ को कञ्चन केसलिया मार्ग, बरगाछी, चाँदनीचोक हुँदै डिपीएससम्मको सिरोमणी पथ, दुग्धविकास संस्थान पूर्व पुष्पलाल चोकसम्मको सडक र परोपकार घाटसम्म पुग्ने सम्राट मार्ग र विराटनगर रानी छाला फ्याक्टी सडकमा पहिलो चरणमा काम सुरु गरिएको महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।
मेयर पराजुलीका अनुसार ठेकेदार कम्पनीले तीन महिनाभित्र १५ किलोमिटर र र एक बर्षभित्र ४५ किलोमिटर सडक कालोपत्रे गरिने छ ।
२ अर्ब ६३ करोड रुपैयाँ लागतमा ठेक्का पाएको चाइनिज कम्पनी झोङहेङ कन्ट्रक्सन बेजिङले यो काम सम्पन्न गर्ने छ ।
दुई वर्षभित्र काम सक्ने ठेक्का पाएको कम्पनीले विराटनगरको मेनरोडसहित अन्य २० दशमलव ८ किलोमिटर क्षेत्रमा ढलको पाइप विच्छयाउने, २६ दशमलव ५ किलोमिटर सडक निकास नाला निर्माण गर्ने र विराटनगरको चाङबारी पैनीको सात सय मिटर ठूलो नाला निर्माण गर्ने सम्झौता भएको छ ।









प्रतिक्रिया दिनुहोस्