
रसुवा । रसुवाको गोसाँइकुण्ड गाउँपालिका–३ खाम्जिङदेखि पर्यटकीय क्षेत्र लाङटाङको थाङस्यापसम्म जोड्ने कृषि सडकको निमार्ण कार्य सुरु गरिएको छ ।
जिल्लाका पाँच गाँउपालिकाको सत्ताइस वडामध्ये २६ वडामा सडक निर्माण भइसकेको छ भने लाङटाङलाई अझ सडकले छोएको छैन ।
गोसाँइकुण्ड गाउँपालिकको वडा नम्बर ४ र संसद विकास कोषको पच्चीस लाख तथा प्रदेश सरकारको पचास लाख रुपैया गरि एक करोड रुपैंयाँको लागतमा सडक निर्माण थालिएको हो ।
खाम्जिङ, सुर्का, शेर्पागाँउ, लामा होटल, घोडातबेला हँुदै थाङस्यापसम्म पाँच गाउँ छोएर निमार्ण गरिने सडककोे दुरी पच्चीस किलोमिटर रहेको छ ।
खाम्जिङदेखि लाङटाङको थाङस्यापसम्म सडक निर्माण गर्ने कार्य उपभोक्ता समितिमार्फत सुरु गरिएको गोसाँइकुण्ड गाउँपालिकका वडा नम्बर चारका अध्यक्ष सुप्पा तामाङले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल लामटाङ सडक सञ्जालले जोडेपछि पदयात्राको दुरी भने कम हुने छ ।
प्रतिक्रिया दिनुहोस्