Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


गिरिजाबाबुको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ : दाहाल


0
Shares

पश्चिम चितवनको मेघौलीमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने–‘अब देशमा समृद्धि आउँछ । चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डोर्‍याउन चाहन्छु ।’

शान्ति–प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उनले भने–‘शान्ति–सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न । उहाँको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ ।’

यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दाबी पनि उनले गरे ।

दाहाल चितवन क्षेत्र नम्बर–३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

अबको जिम्मेवारी विकास : पाण्डे
चितवन क्षेत्र नम्बर–३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले मंगलबार गीतानगरमा आयोजित चुनावीसभामा बोल्दै संविधान निर्माण गर्ने कामको जिम्मेवारी आफूले पूरा गरेको बताए ।

उनले भने–‘अबको मेरो जिम्मेवारी विकास हो । म निर्वाचनमा उम्मेदवार हुनमात्रै आएको हैन, वर्षौदेखि यहाँको विकास कार्यमा म साझेदारकारुपमा रहँदैआएको छु ।’

देशको ठूलो पार्टी नेपाली कांग्रेसको साथ आफूलाई रहेकाले आफ्नो जित सुनिश्चित रहेको उनले बताउँदै भने–‘मेरो जित नै जनताको जित हो ।’ रासस