Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


पुलिसलाई हराउँदै आर्मी उपाधिनजिक


0
Shares

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै आर्मी उपाधिनजिक पुगेको हो ।

आर्मीका दिनेश हेनजनले २ र जर्जप्रिन्स कार्कीले एक गोल गरेपछि दुई विभागीय टोलीबीचको भिडन्तमा आर्मीले बाजी मारेको हो ।

आर्मीका लागि खेलको ५४औं र ६४औं मिनेटमा दिनेश र खेलको ८४औं मिनेटमा जर्जप्रिन्सले गोल गरेका थिए ।

खेलको ‘म्यान अफ द म्याच’ २ गोल गर्ने आर्मीका दिनेश हेनजन घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत् बुधबारको सेमिफाइनल खेल आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मनाङ–मर्स्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।