
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार गएराति ९ बजे बनस्थलीमा धारिलो हतियार प्रहारबाट २४ वर्षीय सुशील तामाङ घाइते भएका हुन् । काठमाडौं महानगरपालिका–१६ बनस्थलीमा उनीमाथि धारिलो हतियार प्रहार भएको हो ।
उनलाई आक्रमण गरेको आरोपमा प्रहरीले १७ वर्षीय शैलेन्द्र देउलालाई नियन्त्रणमा लिएको छ ।
घाइते तामाङलाई राजधानीस्थित साइबाबा अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको टाउको र हातमा चोट लागेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्