
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको ठमेलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २२ वर्षीय इब्राहिम अली हाजी, २१ वर्षीय जाम अब्दिफाती अहमेद र अब्दिफाड युसुफ रहेका छन् ।
अफ्रिकी मुलुक इथियोपियाबाट नेपाल हुँदै नेदरल्यान्डस् पठाउन लागिएको अवस्थामा ब्यूरोले सो लागुऔषध बरामद गरेको हो ।
विश्व स्वास्थ्य संगठनले ‘ड्रग अफ एबिउज’कारूपमा वर्गीकरण गरेको खात ‘साइकोलोजिकल डिपेन्डेन्स’ उत्पन्न गराउने एक प्रकारको वनस्पति भएको ब्यूरोले जनाएको छ ।
यूरोप, अमेरिकालगायतका मुलुकहरूमा अवैध घोषित गरिएको खातलाई नेदरल्यान्डस्ले सन् २०१२ देखि प्रतिबन्ध गरेको जनाइएको छ ।
खातको प्रयोगले प्रयोगकर्तालाई क्यान्सरसमेत हुनसक्ने विज्ञले बताएको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्