Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


आयोजकलाई हराउँदै मनाङ फाइनलमा


0
Shares

बुधबार काँकडभिट्टा माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ‘सडनडेथ’मा हराउँदै मनाङ फाइनलमा पुगेको हो ।

अब मनाङले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी पहिलो सेमिफाइनलमा विजयी हुँदै मंगलबार फाइनलमा पुगेको थियो ।

बुधबार निर्धारित् ९० मिनेटको समयमा खेल गोलरहित बराबरी भएपछि निर्णयका लागि सीधै ‘टाइब्रेकर’मा लगिएको थियो ।

टाइब्रेकरमा मनाङका अनिल गुरुङ, बिमल बस्नेत, कमल श्रेष्ठ, हेमन थापामगरले गोल गरे भने विक्रम लामाको बल गोल्पोस्टभन्दा बाहिर गयो ।

आयोजक टोलीका प्रकाश बुढाथोकी, निराजन खड्का, सरोज दाहाल र हेमन्त थापाले गोल गरे भने निशान लिम्बूको प्रहार गोलरक्षक दिनेश थापाले बचाए ।

सडनडेथमा मनाङका विमल घर्तीमगर, विराज महर्जन, विशाल राई, अनन्त तामाङले गोल गरे । आयोजकका भूषण लिम्बू, विक्रम लामा, सुरज विकले गोल गरे भने फ्ल्लोरेन्सको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।

खेलको ‘म्यान अफ द म्याच’ मनाङका हेमन गुरुङ घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुनेछ । विजेताले ८ लाख १ हजार पुरस्कार पाउनेछ । उपविजेताले ४ लाख १ हजार पुरस्कार पाउने आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मीन बस्नेतले जानकारी दिए ।