Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


एसीसी यु–१६ क्रिकेट च्याम्पियनसिपका लागि नेपाली टोलीको दोस्रो चरणको छनोट


0
Shares

एसीसी प्रतिनिधिकारुपमा नेपाली यु–१९ टोलीका प्रशिक्षक विनोद दासको नेतृत्वमा यु–१६ टोलीका प्रशिक्षकद्वय जंगबहादुर थापा र दीपेन्द्र चौधरीको टोलीले एक साताको बन्द प्रशिक्षणबाट दोस्रो चरणमा २२ खेलाडी छनोट गरेको हो ।

पूर्वप्रधानमन्त्री सुशील कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतिभा खोजबाट क्षेत्रीय छनोट हुँदै २२ खेलाडी छानिएको हो ।

मंसिर १ गते नेपाल क्रिकेट संघअन्तर्गतका सबै ९ क्षेत्रबाट ४ खेलाडीका दरले प्रारम्भिक छनोट गरिएको थियो ।

प्रारम्भिक छनोटमा क्षेत्रको प्रतिनिधित्व गर्दै आएका ३६ खेलाडीमा प्रदर्शनका आधारमा प्रशिक्षकहरुले ९ खेलाडी थपेर पहिलो चरणमा ४५ जनाको टोलीलाई बन्द प्रशिक्षण शिविरमा राखेका थिए । पहिलो चरणको प्रशिक्षण शिविर मंसिर ७ बाट सुरु भएको थियो ।

छानिएको टोलीले मंसिर २२ गतेसम्म कीर्तिपुर मैदानमा प्रशिक्षण गर्नेछ । टोली २३ गते थाइल्यान्ड जाने बताइएको छ ।