बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियाडलाई लक्षित गरी विभिन्न तयारी भइरहेको जानकारी दिए ।
एसियन गेम्सकै ‘सेफ डे मिसन’ बैठकमा भाग लिन ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणा र सुजनलाल श्रेष्ठको टोली जाकार्ता जाने भएको छ ।
ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–८ बाट चुनावी प्रतिस्पर्धामा रहेकाले उपाध्यक्ष राणा नेतृत्वको टोली जाकार्ता जान लागेको हो ।
इन्डोनेसियाको जाकार्ता र पालुङबाङ सहरमा हुने एसियन गेम्समा विभिन्न ४० खेलका ४६२ विधामा प्रतिस्पर्धा हुनेछ ।
नेपालले पदकको सम्भावना र लोकप्रियताको आधारमा सहभागी हुने खेलहरुको छनोट गर्ने जनाइएको छ ।
एसियन गेम्सका पछिल्ला संस्करणहरुमा नेपालको सहभागिता खराब छ ।
सन् २०१४ मा भएको इन्चोन एसियाडमा नेपालकी विमला तामाङले कराँतेमा कास्यपदक जितेकी थिइन् भने २०१० को ग्वान्जाउ एसियाडमा बक्सिङका दीपक महर्जनले एकमात्र कास्यपदक जितेका थिए ।









प्रतिक्रिया दिनुहोस्