
सरकार र शाही परिवारबीचको छलफलपछि राजगद्दी त्याग्ने मिति तय गरिएको हो ।
सहमतिलगत्तै प्रधानमन्त्री सिन्जो आबेले मिति घोषणा गरेका छन् । ८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका कारण जिम्मेवारी पूरा गर्न कठिन भएको बताएका थिए ।
गद्दी त्यागबारे शुक्रबार भएको छलफललगत्तै सञ्चारकर्मीसँग प्रधानमन्त्री आबेले ३० अप्रिल २०१९ मा सम्राटले गद्दी त्याग्ने तय भएको जानकारी गराए ।
त्यसपछि राजकुमार नारु हितोले गद्दी सम्हाल्नेछन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्