शुक्रबार भएको पहिलो अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भयो ।
खेलमा पहिले ब्याटिङ गरेको नेपालले ३६ ओभर १ बलमात्र क्रिजमा टिकेर ८९ रन बनाउन सक्यो । नेपालका चार खेलाडीलेमात्र दोहोरो अंक जोडेको इनिङ्समा बसन्त रेग्मीले सर्वाधिक २१ रन जोडे ।
जवाफमा अमेरिकाले २२ ओभर ३ बलमै ५ विकेटकै क्षतिमा विजय हासिल गर्यो ।
ओपनिङ ब्याट्सम्यान सइद अब्दुल्लाहले सर्वाधिक ४४ रन बनाएको अमेरिकी इनिङ्समा नेपालका सोमपाल कामी र सागर पुनले २/२ विकेट लिए ।
यो खेलमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई भने आराम दिइएको थियो ।
दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले आइतबार केन्यासँग खेल्नेछ ।
नेपालले यही मंसिर २० र २२ गते युएईकै मैदानमा लिगका अन्तिम खेल खेल्दैछ ।
यसअघिका खेलमा लक्ष्यअनुसारको प्रदर्शन गर्न नसकेपछि नेपाली टोली दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।
युएई पनि घटुवा भएकाले यी खेल दुवै टिमका लागि प्रतिष्ठाको लडाइँजस्तै भएको छ ।










प्रतिक्रिया दिनुहोस्