 
	    भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले २० जनाको ज्यान जानुका साथै १७ हजार ९ ओटा घरहरु पूर्णतया नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् ।
प्राकृतिक प्रकोपमा परी अन्य चारजना घाइते भएका छन् भने एक हजार ८७९ जना घरवारविहिन भएका छन् ।
उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सबै ठाँउहरूमा अझै पनि उद्धारकर्ताहरु पुग्न नसकेको उनले बताए ।
ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न एक हजार १७४ जना सुरक्षाकर्मी र विभिन्न कार्यालयका उद्धारकर्ता तथा स्वयम्सेवीहरू परिचालन गरिएको छ ।
उनीहरूलाई खाना, बच्चाको खाना, औषधि र अन्य राहत सामग्रीहरु पनि पठाइएको उनले बताए । (रासस/सिन्ह्वा)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्