Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


इङ्लिस प्रिमियर लिगमा आज ८ खेलः कुन खेल कति बजे ?


0
Shares

नेपाली समय अनुसार बेलुकी सबा ६ बजे चेल्सीले न्युकासल युनाइटेडसँग खेल्दै छ ।

यस्तै, बेलुकी पौने ९ बजे हुने खेलमा ब्राइटन र लिभरपुल, एभर्टन र हडल्र्सफिल्ड, लेष्टर सिटी र बर्नले, स्टोक सिटी र स्वान्सी सिटी, वार्टफर्ड र टोटनहाम हट्स्पर तथा वेष्टब्रमविच आल्बियन र क्रिष्टल प्यालेस भिड्दै छन् ।

प्रिमियर लिग फुटबलअन्तर्गत आजै राती सबा ११ बजे हुने साताकै बहुप्रतिक्षित खेलमा आर्सनल र म्यान्चेष्टर युनाइटेड भिड्दै ।

जारी प्रिमियर लिगमा १४ औ चरणका खेलहरु सकिदा सम्म ४० अंक जोडेको म्यान्चेष्टर सिटी शिर्ष स्थानमा रहँदा ३२ अंक जोडेको म्यान्चेष्टर युनाइटेड दोस्रो तथा २९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ ।