विश्व क्रिकेट लिग च्याम्पीयन्सीपअन्तर्गत घरेलु टोली युएईसँग अन्तिम चरणको खेल खेल्न गएको नेपालले दोस्रो अभ्यास खेलमा केन्यासँग खेल्न लागेको हो ।
यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा डिभिजन तीनको टोली अमेरिकासँग नेपाल ५ विकेटले पराजित भएको थियो । जारी विश्व क्रिकेट लिग च्याम्पीयन्सीपबाट नेपाल रेलिगेट हुँदै डिभिजन टू मा घटुवा भइसकेको छ ।
युएईविरुद्ध हुने खेललाई नेपालले आगामी फेब्रुअरीमा नामिबियामा हुने डिभिजन टू प्रतियोगिताको तयारीका रुपमा लिएको छ । सोे प्रतियोगिताको फाइनल पुग्न सके नेपालले एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान पक्का गर्ने छ ।









प्रतिक्रिया दिनुहोस्