२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


डलर दुई महिनायता कै कमजोर स्तरमा, विदेशी सामान सस्तो हुने


0
Shares

नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ । कमजोर डलरका कारण आयातित बस्तु सस्तोमा पाइने सम्भावना बढेको छ । यसले गर्दा उपभोक्तालाई राहत पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलर बराबर एक सय दुई रुपैयाँ ८५ पैसा खरिद मूल्य र बिक्री मूल्य एक सय तीन रुपैयाँ ४५ पैसा तोकेको छ ।

नेपाली रुपैयाँ बलियो हुनुको कारण भारतीय रुपैयाँ मजबुत हुनु हो । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर भएका कारण भारु मजबुत हुनासाथ नेपाली रुपैयाँ पनि बलियो र कमजोर हुँदा कमजोर हुने गरेको छ । –नागरिक दैनिकबाट