
कान र ढाडमा चोट लागेका घाइते थापाले उपचारपछि हामीसँग बम प्रहारको घटनाबाट कत्ति पनि विचलित नहुन आम मतदातालाई आग्रह गरेका हुन् ।
सोमबार काठमाडौंको पचलीमा आफूमाथि बम प्रहार भएर उपचारको लागउ शिक्षण अस्पतालमा रहेका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले यस्ता मतदाता र उम्मेदवारलार्इ आतंकित पार्ने र उनीहरुको चुनावी अभियानलार्इ नै प्रभावित बनाउन गरिएका हिंसात्मक घटनाबाट विचलित नभर्इ मतदानमा सहभागी हुन उनले आग्रह गरेका हुन् ।
उनले आफूमाथि योजनाबद्ध रुपमा चुनावी प्रचारलार्इ समेत प्रभावित बनाउनको लागि बम आक्रमण गरिएको भन्दै यसमा मतदाता आतंकित बन्न नहुने बताएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ४ को बुढानीलकण्ठ चपलीस्थित भंगाल महादेव कोलनी छेउमा गराइएको बम विष्फोटमा थापासहित १० जना घाइते भएका छन् ।
उक्त क्षेत्रका उम्मेदवार रहेका थापा घरदैलोमा जाँदै गर्दा उनलाई नै लक्षित गरी बम प्रहार गरिएको थियो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते सबैको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार हुँदैछ ।
घाइते हुनेमा प्रदेश सभाका कांग्रेस उम्मेदवार साधुराम खड्कासहित राजकाजी श्रेष्ठ, जयराम लामिछाने, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ, रबिन्द्र कार्की, सुमन खड्का र रेणु बरुवाल छन् ।
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)
प्रतिक्रिया दिनुहोस्