Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


रुसलाई विन्टर ओलम्पिक खेल्न दिने कि नदिने भन्ने विषयमा आज निर्णय हुँदै


0
Shares

वैठकले रुसलाई आसन्न विन्टर ओलम्पिकमा सहभागिता जनाउन दिने कि नदिने भन्नेमा निर्णय गर्नेछ ।

चार वर्षअघि रुसकै सोचीमा आयोजना गरिएको विन्टर ओलम्पिकको क्रममा रुसी खेलाडीलाई राज्यस्तरबाटै प्रतिबन्धित औषधि प्रयोग गराईएको र डोपिङ परिक्षणमा समेत प्रमाण नष्ट गरिएको पाईएको थियो ।

त्यही कसूरमा रुसलाई गत वर्ष ब्राजिलमा सम्पन्न रियो ओलम्पिक खेल्नबाट समेत प्रतिबन्ध लगाईएको थियो ।

रुसले त्यसयता डोपिङ समस्याको सुधारमा उल्लेखनीय काम गरेको तर्क गरेपनि आईओसीको विज्ञ टोलीले यसलाई मानेको छैन ।

त्यसैले यही फेब्रुअरीमा दक्षिण कोरीयाको प्योङचाङमा आयोजना हुने विन्टर ओलम्पिकमा रुसको सहभागिता कठिन देखिएको छ ।

आईओसीले यो खेलमा पनि रुसलाई प्रतिबन्ध लगाए अर्को वर्ष रुसमै आयोजना हुने विश्वकप फुटबल समेत विवादमा पर्ने धेरैको अनुमान छ ।