रोहिंग्या मुस्लिममाथि नरसंहार गरेको भन्ने आरोप नकार्न सकिदैनः राष्ट्रसंघ • Image Khabar Image Khabar


रोहिंग्या मुस्लिममाथि नरसंहार गरेको भन्ने आरोप नकार्न सकिदैनः राष्ट्रसंघ


Imagekhabar
२० मंसिर २०७४, बुधबार ११:५८

रोहिंग्या मुस्लिममाथि नरसंहार गरेको भन्ने आरोप नकार्न सकिदैनः राष्ट्रसंघ

स्वीट्जरल्याण्डको जेनेभामा मानवअधिकार परिषद्को बैठकमा राष्ट्रसंघीय मानवअधिकार मामिला प्रमुख जेइड अल हुसेनले रोहिंग्या मुस्लिममाथि म्यानमारको सेनाले ज्यादती गरेको नकार्ने आधार नभएको बताएका हुन् ।

रोहिंग्यामाथि भएको दुब्र्यबहारको सूची पेश गर्दै उनले रोहिंग्यालाई लक्षित गरी जथाभावी गोली र हतियार प्रहार गरिएको, घरभित्र बसिरहेका बेला आगलागी गरिएको र यसमा सेनाको संलग्नता प्रष्ट देखिएको उल्लेख गरे ।

राष्ट्रसंघका लागि म्यानमारका राजदूत टिन लिनले भने रोहिंग्यामाथि ज्यादती गरेको आरोप अस्वीकार गरे । उनले म्यानमार र बंगलादेशले रोहिंग्यालाई देश फर्काउन पहल गरिरहेको बताए ।

म्यानमारमा रोहिंग्या मुस्लिममाथि सेनाले ज्यादती गरेपछी हजारौं रोहिंग्या बंगलादेश पलायन भएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्