
प्रदेशसभा ‘क’तर्फका वाम गठबन्धनका उम्मेदवार अम्बिरबाबु गुरुङले जित्ने निश्चित भएसँगै गठबन्धनका समर्थकहरुले विजयी जुलुस निकालेका हुन् ।
वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता गुरुङले १५ हजार ५०५ मत पाउँदा नेपाली कांग्रेसका मित्रसेन दाहालले ९ हजार १०२ मत पाएका छन् ।
सिद्धिचरण नगरपालिकासहित चिशंखुगढी र मोलुङ गाउँपालिकाको मतगणना सकिएको छ । अहिले खिजीदेम्बा गाउँपालिकाको मतगणना भइरहेको छ । अब गणना गर्न बाँकी मतभन्दा गुरुङले अग्रता लिएको मत बढी भएकाले उनको जित निश्चित बनेको जनाइएको छ ।
खिजीदेम्बाको मतगणना सकिएपछि प्रदेशसभा ‘क’को मतगणना सकिनेछ ।
प्रतिनिधिसभातर्फ पनि कांग्रेसका रामहरि खतिवडाभन्दा एमालेका यज्ञराज सुनुवार अगाडि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्