१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बालीमा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौं पर्यटक अलपत्र


0
Shares

इन्डोनेसिया, असार १५ । इन्डोनेसियाको एक प्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौं पर्यटक अलपत्र परेका छन् ।

बालीमा वर्षेनि लाखौं पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनि शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचारहरु आउने गर्दछन् ।

शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ । यसका कारण आकाशमा निकै बाक्लो तुवाँलो देखिएको छ ।

उक्त तुवाँलोका कारण बालीको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ ।

विमानस्थल बन्द हुँदा हजारौंको संख्यामा रहेका पर्यटक अलपत्र परेका बताइएको छ । बालीमा ज्वालामुखी विस्फोटको समाचारका कारण उनीहरु पनि त्रासमा रहेका बताइन्छ ।

शुक्रबार बिहानमात्र यहाँका हवाई उड्डयन अधिकारीहरुले बाक्लो तुवाँलोले अकाश नदेखिएपछि शुक्रबार र शनिबारका पनि करिब ४५० जति उडान बन्द गरिएको जनाएका थिए ।

ती उडान रद्द भएका कारण शुक्रबारमात्र ७५ हजार पर्यटक अलपत्र परेका छन् । अलपत्र पर्यटकहरुका कारण विमानस्थलमा ठूलो भीड लागेको जनाइएको छ ।

ज्वालामुखी विस्फोटकोक्रम जारी छ । त्यहाँबाट स्थानीय नागरिकहरुलाई पनि अन्यत्र सार्नेक्रम जारी रहेको बताइएको छ । रासस/एएफपी