५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024


इलाममा बाम गठबन्धनका नेम्बाङ र खनाललाई अग्रता


0
Shares

इलाम, मंसिर २३ । इलाममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत गणना जारी छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा तर्फ एमालेका सुभाषचन्द्र नेम्बाङ र झलनाथ खनालले अग्रता लिइरहेका छन् ।

प्रतिनिधिसभातर्फ इलाम १ बाट खनालले ९९६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका भुपेन्द्र कट्टेलले ५७५९ मत प्राप्त गरेका छन् ।

इलाम २ एमालेका सुभाषचन्द्र नेम्वाङ ६९७२ मत प्राप्त गर्दा कांग्रेस केशव थापाले ५८४० मत ल्याएका छन् । प्रदेशसभातर्फ पनि बाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।