उत्तर कोरियालाई सन्चारका सबै संयन्त्रहरु खुला राख्न राष्ट्रसंघको आग्रह • Image Khabar Image Khabar


उत्तर कोरियालाई सन्चारका सबै संयन्त्रहरु खुला राख्न राष्ट्रसंघको आग्रह


Imagekhabar
२४ मंसिर २०७४, आईतवार १४:०९

उत्तर कोरियालाई सन्चारका सबै संयन्त्रहरु खुला राख्न राष्ट्रसंघको आग्रह

उनले भनेका छन्, ‘आफ्नो मात्र अनुमान र संसारको अध्ययन नै नगरी मनगणन्ते विचारका आधारमा आणविक परीक्षणजस्तो घातक काम नगर्नु, बाहिरी संसारको अध्ययान पनि गर्नु ।’

उनले उत्तर कोरियालाई संसारसँग वा संयुक्त राष्ट्रसंघसँग सम्बन्ध र सन्चारका सबै संयन्त्रहरु आवश्यक मात्रामा खुला राख्न आग्रह गरेका छन् ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसिएन्ए) ले संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टम्यानले दुई दिनदेखि शनिबारसम्म उत्तर कोरियाको भ्रमण गरेको बताएको छ ।

त्यस भ्रमणका क्रममा भएका द्विपक्षीय वार्ताले उत्तर कोरिया र संयुक्त राष्ट्रसंघको सचिवालयबीच आपसी समझदारीमा वृद्धि भएको जानकारी उत्तर कोरियाले शनिबार दिएको थियो ।

यस भ्रमणलाई दुवै पक्षले स्वभाविक र आवश्यक रहेको महशुस गरेको पनि जनाएका थिए । भ्रमणको अन्तिम दिन शनिबार एक प्रेस विज्ञप्ति जारी गरी सो जानकारी गराएका हुन् ।निकै लामो समयपछि संयुक्त राष्ट्रसंघको उच्च अधिकारीबाट भएको यस भ्रमणबाट दुवै पक्षबीच विश्वासमा वृद्धिगर्न सफलता मिलेको भन्दै यस्तो भ्रमणहरु निरन्तर रुपमा आदानप्रदान हुनुपर्नेमा जोड दिएका थिए ।

उपमहासचि जेफ्रे फेल्टम्यानले राष्ट्रसंघको यति उच्च तहको अधिकारीबाट सन् २०१० पनि पहिलोपटक उत्तर कोरियाको यो भ्रमण गरेको बताइएको छ । उपमहासचिव जेफ्रे फेल्टम्यानसहितका राष्ट्रसंघीय केही उच्च पदाधिकारीले यही डिसेम्बर ५ देखि ९ सम्म प्योङ्याङको भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा उनीहरूले उत्तर कोरियाका विदेशमन्त्री, उपविदेशमन्त्री, विदेश मन्त्रालयका अन्य विशिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

सो भेटमा भएका द्विपक्षीय वार्ताहरुमा कोरियाली प्रायद्वीपको संकटका बिषयमा छलफल भएको र उक्त समस्याको शान्तिपूर्ण समाधानका लागि अधिकारीहरुले जोड दिएका पनि प्राप्त समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्