२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कानुनमै उखुको मूल्य निर्धारणको व्यवस्था गर्न सांसद त्रिपाठीद्वारा संकल्प प्रस्ताव पेस


0
Shares

काठमाडौं, पुस ७ । स्वतन्त्र राजनीतिक समूहका नेता एवं प्रतिनिधिसभाका सांसद हृदयेश त्रिपाठीले उखुलगायत कृषिउपजको मूल्य निर्धारण कानुनमै व्यवस्था हुनुपर्ने भन्दै संसद सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले समयमै कृषिउपजको मूल्य निर्धारण नहुँदा वर्षेनि किसानहरु मारमा परिरहेकाले कानुनमै मूल्य निर्धारणको व्यवस्था गर्न संकल्प प्रस्ताव पेस गरेको जानकारी दिए ।

कृषिका लागि छुट्याइएको बजेटको १८ प्रतिशतमात्र किसानका लागि खर्च हुने भन्दै सांसद त्रिपाठीले किसानको नाममा हुने ८२ प्रतिशत खर्च पनि उनीहरुकै लागि हुने अवस्था नआएसम्म समृद्धि सम्भव नरहेको जिकिर गरे ।

सांसद त्रिपाठीले विकास बजेट खर्चको गति यही अवस्थामा बढे चालू आर्थिक वर्ष इतिहासकै सर्वाधिक कम विकास बजेट खर्च हुने वर्षकारुपमा दर्ता हुने टिप्पणी गरे ।

एक अर्को प्रसंगमा उनले पार्टी एकताबारे नेकपासित छलफल जारी रहेको र स्वतन्त्र राजनीतिक समूहको विस्तार पनि तीव्ररुपले अगाडि बढिरहेको बताए ।