Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


मिडिया हाउसका गेटअगाडि शंकास्पद गाडी पार्किङ गरिएका गाडी प्रहरीले हटायो, अनुसन्धान सुरु


1.6k
Shares

काठमाडौँ । काठमाडौँ तीनकुनेस्थित कान्तिपुर मिडिया हाउसको कार्यालय अगाडि शंकास्पद रूपमा पार्किङ गरिएको गाडी प्रहरीले हटाएको छ ।

आज बिहान ७ बजेदेखि बेवारिसे तथा शंकास्पद ढंगले पार्किङ गरिएको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त सवारीसाधन नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

आज बिहानदेखि अनलाइन खबर, हिमालयन टिभी र कान्तिपुरको कार्यालय परिसरको प्रवेशद्वार नजिकै निजी नम्बर प्लेटको कार बेवारिसे अवस्थामा राखिएको देखिएपछि स्थानीयवासी तथा सञ्चारकर्मीले प्रहरीलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा सतर्कता अपनाउँदै गाडीको जाँच तथा विवरण संकलन गरेको थियो । प्रहरीका अनुसार गाडीको स्वामित्व पहिचान गर्ने तथा उक्त सवारीसाधन त्यहाँ किन र कसले छाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।