अमेरिका, दक्षिण कोरिया र जापानद्वारा सामुद्रिक सैन्य अभ्यास सुरु • Image Khabar Image Khabar


अमेरिका, दक्षिण कोरिया र जापानद्वारा सामुद्रिक सैन्य अभ्यास सुरु


Imagekhabar
२५ मंसिर २०७४, सोमबार १५:३६

अमेरिका, दक्षिण कोरिया र जापानद्वारा सामुद्रिक सैन्य अभ्यास सुरु

ती सैनिकले समुद्रमा गरिने ब्यालेस्टिक क्षेप्यास्त्रका विरुद्धमा गरिने प्रतिरक्षाका लागि तयारी गरेको बताएका छन् ।

सो सैन्य अभ्यास सोमबारबाट सुुरु भएको छ । सोमबार सुरुभएको सो अभ्यास तीन दिनसम्म सन्चालन हुने बताइएको छ ।

कोरियाली प्रायद्वीपमा सो अभ्यास सुरु भएको बताइएको छ । त्रिपक्षीय रुपमा गरिएको सो अभ्यास खासगरी उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका विरुद्धमा लक्षित रहेको पनि बताइएको छ ।

त्यस अभ्यासका क्रममा कोरियाली प्रायद्वीपमा हुनसक्ने सम्भावित व्यालेस्टिक क्षेप्यास्त्रको रोकावाटका लागि कम्प्युटरका माध्यमबाट कामहुने संयन्त्रको पनि विकास गरिएको बताइएको छ ।

हालैमात्र पनि उत्तर कोरियाका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेका थिए । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गरेको थियो ।

पछिल्लो समयमा जापान, दक्षिण कोरिया र अमेरिकासँग पनि उत्तर कोरियाको सम्बन्ध विग्रिएको छ । उत्तर कोरियाले गर्ने गरेका क्षेप्यास्त्रहरुको परीक्षणमा उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई लक्ष्य गरेको भन्ने गर्दछ ।

उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो । जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक अर्काका विरुद्धमा निकै कडा अभिव्यक्ति दिँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको केही समयमात्र अघि भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि राष्ट्रपति टम्पले उत्तर कोरियाको निकै नै आलोचना गरेका थिए । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्