२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने तयारी


0
Shares

काठमाडौं । अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सेना फिर्ता गर्ने तयारी गरेको छ ।

अफगानिस्तानमा रहेका करिब आधा अर्थात् ७ हजारलाई सैनिक फिर्ता लैजाने तयारी अमेरिकाले गरेको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गरेलगत्तै अफगास्तानबाट पनि आधा सैनिक फर्काउने तयारी गरेको समाचार सार्वजनिक भएको हो ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता ल्याउने प्रतिबद्धता जनाएका थिए ।

अमेरिकी रक्षा मन्त्रालयले आागमी वर्षको मध्यसम्ममा करिब ७ हजार सेना फिर्ता लैजाने तयारी गरेको हो ।

अमेरिकी अधिकारीहरुले भने यसबारे निर्णय नभइसकेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाबाट आफ्ना सैनिक फिर्ता लैजाने घोषणा गरेलगत्तै असन्तुष्ट रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिइसकेका छन् ।

उनी सन् २००१ मा तालिवानविरुद्धको युद्धमा अफगानिस्तानमा खटिएका थिए ।

विश्लेषकहरुले भने अफगानिस्तानबाट सेना फिर्ता गरेर भयावह प्रभाव पर्ने र तालिवानले प्रचारयुद्ध जित्ने चेतावनी दिएका छन् ।(एजेन्सी)