८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


टिभीको ‘प्राइम टाइम’मा कन्डमको विज्ञापनमा रोक


0
Shares

भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा विज्ञापन गर्न नमिल्नेगरी सरकारले नियम बनाएको बताइएको छ ।

भारतको सूचना तथा प्रशारण मन्त्रालयले सो नियमसहितको जानकारी मंगलबार दिएको छ । भारतका सबै टिभीहरुलाई बिहान र बेलुकाको सो समयमा विज्ञापन गर्न नपाउनेगरी उक्त मन्त्रालयले सूचना जारी गरेको बताइएको छ ।

भारतमा करिव ९०० टेलिभिजन च्यानल छन् । ती टिभीहरुका नाममा सो सूचना जारी गरिएको समाचारमा जनाइएको छ ।

सो समयमा भारतका बालबालिकामात्र नभएर सबैजसो परिवारले नै टिभी हेर्ने र यसरी परिवारसँगै बसेर टिभी हेर्दा अशिष्ट लाग्ने भएकोले त्यस समयमा नभएर अरु नै बेलामात्र विज्ञापन गर्न मन्त्रालयले सूचना जारी गरेको समाचारमा जनाइएको छ । (रासस/एएफपी)