सिंहदरबारबाटै सरकारी गाडीको चारवटै चक्का चोरी • Image Khabar Image Khabar


सिंहदरबारबाटै सरकारी गाडीको चारवटै चक्का चोरी


Imagekhabar
३ पुष २०७४, सोमबार ०६:२२

सिंहदरबारबाटै सरकारी गाडीको चारवटै चक्का चोरी

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय विकास तथा कृषि सडक विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनको बा२झ २९२७ नम्बरको टोयोटा हाइलक्स गाडीको चारवटै चक्का चोरिएको हो ।

प्रहरीले टायर चोरीमा संलग्न मन्त्रालयकै वित्तीय सुधार आयोगको बा२झ १२१७ नम्बरका सवारी चालक चन्द्रबहादुर मोक्तान र महोत्तरी बर्दिबास घर भइ काठमाडौं बस्ने जगतबहादुर मगरलाई पक्राउ गरेको छ ।

चक्का चोरिएको गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार पार्किङ गरेको गाडीका चक्का चोरिएको थाहा पाएपछि आइतबार प्रहरीमा खबर गरे ।

प्रहरीले चोरिएको टायर ललितपुरको युएलपार्क नजिकै बाराही टायर सर्भिस सेन्टरबाट बरामद गरेको छ । मोक्तान र मगरले टायर चोरेर त्यहाँ पुर्‍याएका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्