२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


क्यालिफोर्नियामा इतिहासकै सबैभन्दा भीषण डढेलो, ७०० घर ध्वस्त


0
Shares

एक हजार वर्ग किलोमिटर क्षेत्रफलमा लागेको डढेलो न्यूयोर्क सहर एक्लै र ब्रसेल्स र प्यारिसको संयुक्त क्षेत्रफलभन्दा बढी भूभागलाई असर पारेको अधिकारीहरुले जनाएका छन् ।

डिसेम्बरको सुरुमा सान्ता पाउलाबाट सल्किलएको डढेलो पूर्वी तटिय क्षेत्र हुँदै क्यालिफोर्नियाका मुख्य सहरहरुलाई लपेटेको छ । डढेलो नियन्त्रण गर्न हजारौँ अग्नी नियन्त्रक परिचालन गरिएको छ । पानी परेको र हावा बहने गति पनि कम भएकाले डढेलो फैलने क्रम केही कम भएको छ ।

वैज्ञानिकहरुले तापमान वृद्धि र निर्जन क्षेत्रहरुमा पनि भवनहरु डढेलो सल्कने कारक भएको बताएका छन् । अक्टोबर महिनामा सल्किएको डढेलोमा ४० भन्दा बढीको मृत्यु भएको थियो भने १० हजार भन्दा बढी घर जलेको थियो । एजेन्सी