
‘टेम्बिन’ नाम दिइएको आँधीमा परेर कयौं व्यक्ति हराइरहेका छन् । मिन्दानाओ टापुका विभिन्न क्षेत्रमा पहिरो गएको छ ।
आँधीबाट बढी प्रभावित टुवोद र पिआगापो शहरका धेरै घर पहिरोले पुरिएका छन् । आँधीसँगै नदीहरुमा बाढी आएका कारण कतिपय गाउँ ध्वस्त भएका छन् ।
विद्युत् सेवा र सञ्चार सेवा अवरुद्ध भएका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् ।
८० किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधी दक्षिणी पालावन क्षेत्रतर्फ बढिरहेको छ । सरकारले आँधी प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेको छ ।
मध्य फिलिपिन्समा गत हप्ता मात्र ‘काइ टाक’ नाम दिइएको आँधीका कारण धेरै जनाको मृत्यु भएको थियो ।
यो क्षेत्रमा सन् २०१३ मा आएको आँधीका कारण ५ हजारभन्दा बढीको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्